पढ्न पाउँदा मनै फुरुङ्ग

Avatar photo

Byएजुकेशन पाटी

११ आश्विन २०७७, आईतवार

कालीकोट/मुगु । कालीकोटको पचालझरना–४, राम्नाकोटस्थित ज्ञानोदय माविकी शिक्षक अमनाकुमारी शाहीको कोरोना कहरले ठप्प दैनिकी अहिले फेरिएको छ । लामो समय घरायसी काममा व्यस्त भएकी उनी असोज १ देखि नियमित विद्यालय जान थालेकी छिन् । ‘पहिलो दिन विद्यालय आउँदा उत्साहसँगै कोरोनाको डर पनि थियो,’ उनले भनिन्, ‘अहिले पठनपाठन नियमित बनाएका छौं ।’

गाउँपालिकाले विद्यालयलाई ५ महिनासम्म क्वारेन्टाइनका रूपमा प्रयोग गरेको थियो । गत चैत ६ गते वार्षिक परीक्षा दिएपछि घरै बसेकी कक्षा १० की छात्रा एलिना सेजुवाल पनि विद्यालय आउन पाउँदा दंग छिन् । ‘मलाई त कतिखेर स्कुल आऊँजस्तो भएको थियो,’ उनले भनिन्, ‘धेरै पछि साथीभाइ र शिक्षकसँग भेट हुँदा रमाइलो लाग्यो ।’ घरमा खाना पकाउने, मकै गोड्ने, धान रोप्ने र गाई चराउनेलगायत काम गरेकी उनले आजभोलि नियमित गृहकार्य गरिरहेको बताइन् ।

विद्यालयमा क्वारेन्टाइन राखिए पनि यहाँ बसेका कसैमा पनि कोरोना संक्रमण नदेखिएकाले ढुक्कसाथ विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक ममराज सेजुवालले बताए । उनका अनुसार भदौ १९ गतेदेखि समुदायमा ‘होमवर्क’ दिन र सहजीकरण गर्न टोलटोलमा शिक्षक खटाइएको थियो । उनले असोज १ देखि नियमित कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

तुलाराम पाण्डे र राजबहादुर शाहीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्