आगामी बजेटमा शिक्षा क्षेत्रका लागि के–के कुरा छ ?

आ.व.२०७९/८० को बजेट

Avatar photo

Byएजुकेशन पाटी

१५ जेष्ठ २०७९, आईतवार

–शिक्षा तथा विज्ञानप्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन गरिएको ।
–राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने ।
–प्राविधिक शिक्षालाई क्रमशः प्रदेशलाई हस्तान्तरण गरिने ।
–प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन ।
–आगामी आर्थिक वर्षमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने ।
–डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
–मेडिकल कलेजले वर्षमा दुई पटक भर्ना गर्न पाउने व्यवस्था गरिने ।
–सामुदायिक विद्यालयका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिने ।
–युवा साक्षरता अभियान सञ्चालन गरिने ।
–पढ्दै कमाउँदै कार्यक्रम थप १०० विद्यालयमा विस्तार गरिने ।
–मावि तह उत्तीर्णलाई न्यूनतम एक सीप सिकाइने ।
–स्नातकोत्तर विद्यार्थीलाई ९० दिन स्थानीय तहमा अनिवार्य स्वयंसेवा कार्यमा लगाइने ।
–विद्यार्थीलाई डिजिटल सिकाइ सामग्री उपलब्ध गराइने ।
–प्रधानाध्यापकका लागि छुट्टै नेतृत्वसुधार तालीम उपलब्ध गराइने ।
–शिक्षकको क्षमता वृद्धिका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिने ।
–प्रधानाध्यापकले ५ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिने ।
–शिक्षक–विद्यालय कर्मचारी दरवन्दी पुनरावलोकन गरिने ।
–शहीद स्मृति विद्यालयहरुलाई प्राविधिक शिक्षालयमा रुपान्तरण गरिने ।
–शिक्षक अस्पताल निर्माण अघि बढाइने

प्रतिकृया दिनुहोस्