…अनि कसरी खोल्नु स्कूल ?

Avatar photo

Byएजुकेशन पाटी

१ श्रावण २०७७, बिहीबार

डीके ढुङ्गाना
सह-अध्यक्ष प्याब्सन

बैशाखदेखि असार मसान्तसम्म आएका बिचार र प्रतिक्रिया !!

१. कतिपय मिडिया भन्छन् शुल्क उठाउन निजी विद्यालयले अनलाइन र भर्चुअल कक्षाको नौटङ्की गरे ।
२. मन्त्रालय भन्छ खवरदार अभिलेखिकरण नगर, शुल्क नमाग, नत्र कारवाही गर्छौँ ।
३. अभिभावक संस्था भन्छ्न् विद्यालय नचलेको समयको शुल्क किन तिर्नुपर्ने ? तिर्दैनौं ।
४. शिक्षक-कर्मचारी भन्छ्न् हाम्रो तलब खोइ ? हिजो कमाएर राखेका छौ, देउ ।
५.  विद्यार्थी संगठन भन्छ्न् तिम्रा सटर बन्द गर्छौं ।
६.  बैंक भन्छ किस्ता तिर, घरबेटी भन्छ्न् भाडा देउ नभए घर खाली गर ।
७.  केही आफूलाई विद्वान भन्ने महाशयहरु संविधानको हवला दिँदै भन्छन् निजी विद्यालय राष्ट्रियकरण गर ।
८.  निजी विद्यालयमा आफ्ना छोराछोरी पढाएर उम्किएका पूर्वअभिभावकहरु भन्छन् किन चाहियो निजी विद्यालय ।
९.  अहिले निजी विद्यालयमा बच्चा पढाइरहेका अभिभावकहरु सरकारले छुट भनिदिन्छ अनि तिरौला भनेर पर्ख र हेरको नीतिमा, मौन छ्न् ।
१०.  अधिकारकर्मी भन्छन् बालबालिकाको सिकाइ अबरुद्ध किन गरेको ?
११. छिमेक तिरबाट आएका शिक्षाका बजार एजेन्टहरु अब नेपालमा निजी विद्यालय बन्द हुन्छन् भन्दै बजार बढाउन प्रोपोगन्डा गर्दै छन् ।
१२.  निजी विद्यालय संचालक भन्छ्न् पुरानो बक्यौता पनि उठेन, बैशाखदेखि आम्दानी शून्य छ, पढाइ शुल्क मात्र पाए पनि तलब खुवाउने थियौ, हामी आर्थिक संकटमा छौं ।
१३.  सरकारको नीति कार्यक्रम र बजेटले निजी विद्यालय चिन्दैन तर १ मिनाहको शुल्क छुट गर्ने आदेश चाँही दिन बिर्सदैन।
१४.  राजनैतिक दलहरू पिपुल पपुलारिटी गुमाउन चाहदैनन् र एक शब्द पनि बोल्दैनन् ।
१५. निजी विद्यालय संचालकका छाता संगठनहरु भन्छन् अब हामीले सकेनौं, श्रावण १ गतेबाट हात ठाडा पार्यौ।

-ढुङ्गानाको फेसबुक पोष्टबाट

प्रतिकृया दिनुहोस्