काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ मा भर्नाको नयाँ आधार तय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकले भर्नाको नयाँ आधारबारे निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड– १९) का कारण यस वर्ष ग्रेड वृद्धि परीक्षा नहुने भएको छ । कक्षा ८ मा सबै विषयमा डी प्लस ल्याउनेले मात्र कक्षा ९ मा भर्ना हुन पाइने व्यवस्था थियो । डी प्लस नआएमा २ वटा विषयमा ग्रेड वृद्धि परीक्षा दिने व्यवस्था थियो ।

कोरोना भाइरसका कारण ग्रेड वृद्धि परीक्षा गर्न नसकिने भएपछि भर्नाको आधारमै सुधार गरिएको हो ।

कक्षा ८ मा ९ वटै विषय रहेको र कक्षा ९ मा भर्ना हुन सबै विषयमा डी प्लस ल्याउनुपर्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्था अनुसार अब यस वर्ष ७ वटा विषयमा डी प्लस ल्याउनेले पनि ९ कक्षामा भर्ना हुन पाउनेछन् ।

कोरोना भाइरसका कारण यस वर्ष विद्यालय तहको परीक्षा अगाडि सारिएको थियो । ११ चैतदेखि लकडाउन भएपछि पठनपाठन र परीक्षा प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्