विर्ख ब. मल्ल

नेपाल शिक्षक संघ संघीय कार्य समितिको वर्तमान नेतृत्व संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले महाधिवेसनबाट निर्वाचित भएर आएदेखि हालसम्म नेपाल शिक्षकसंघको एकता, गरिमा र ओजलाई ख्यालै नगरी संघलाई नेपाली कांगे्रस पार्टी भित्रको गृटबन्दीको शिकार बनाउदै पार्टी भित्रको आन्तरिक समस्यालाई संघभित्र प्रवेश गराउँदै आएका छन् ।

नेपाल शिक्षक संघभित्रको सहकार्य, सहमती र एकतालाई वेवास्ता गरेका छन् । संघको मुल्य, मान्यता र आदर्शलाई ख्यालै नगरी एकाधिकारीवादी शैलीमा संघलाई पेवा जस्तै बनाउदै आएका छन् । प्रतिनिधित्वको प्रस्ताव आउँदा आफु पक्षीय र आफ्नो पक्षमा महाधिवेसनमा लागेका व्यक्तिलाई मात्र मनोनयन गर्ने आम शिक्षकसंघका साथीहरुलाई पन्छाउने काम गर्दै आएका छन् । शिक्षकका पेशागत माग र मुद्दाप्रति वेवास्ता रहेको, राहत, बालविकास, उच्च मा.वि.शिक्षक, अनुदान कोटामा कार्यरत शिक्षक तथा निजी स्रोत लगायतका शिक्षकका समस्या समाधानमा आवाजै नउठाउने ।

राहत शिक्षकको आन्दोनलमा मौन बस्ने । दरबन्दी मिलानका नाममा राज्यसत्ताबाट संघका साथीहरुमा प्रहार गर्दा मौन बस्ने र आफु अनकुल व्यक्तिलाई मात्र ट्रेड युनियन होस, महासंघमा पठाउदा होस, कार्य व्यवस्था समिति गठन गर्दा होस, संघिय सदस्य मनोनयन गर्दा एक्लोटी गर्ने प्रवृतिका विरुद्ध पहिलो संघिय बैठकदेखि दशौं बैठक सम्म पार्टीको गुटबन्दी संघमा प्रवेश नगराउनुहोस् ।

आम शिक्षक संघको अध्यक्ष बन्नुहोस्, सबै संघका नेताज्यूहरुलाई समेटेर लैजानुहोस् । संघको एकतालाई कायम राख्दै अगाडी बढ्नुहोस । शिक्षकका पेशागत माग र मुद्धामा गम्भिर हुनुहोस । एकाधिकारबादी शैली नअपनाउनुहोस भनेर सकारात्मक सल्लाह सुक्षाव दिदा वेवास्ता गर्ने, पेलेर जानुुपर्छ भन्ने प्रवृति अपनाइराख्नु भयो । सबै बैठकमा राखेका कुरा वेवास्ता गर्दै गएपछि पौष २६ र २७ गतेको बैठकमा फरक मत राख्दै Note of Decent लेखेको छु ।

संघको मूल्य मान्यता र आदर्शका विरुद्ध हिड्ने, शिक्षक हकहितका पक्षमा काम नगर्ने र एकलौटी गर्नेका विरुद्ध निरन्तर आवाज उठाउने र संघर्ष गरी रहने प्रतिबद्धता व्यक्त गर्दै आम संघका साथीहरुलाई संघिय कार्य समितिका विरुद्धका कामकारबाहीबारे जानकारी गराउन चाहन्छु र निरन्तर यस्ता गलत प्रवृतिका विरुद्ध लडिरहने छु ।

मल्ल नेपाल शिक्षक संघ, सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्