आजदेखि देशभरका विद्यालय बन्द

Avatar photo

Byएजुकेशन पाटी

२७ पुष २०७८, मंगलवार

काठमाडौं। कोभिड ९१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ । बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्