काठमाडौं । सरकारले दृष्टिवीहिन विद्यार्थीलाई निःशुल्क सेतो छडी र ब्रेललिपिका पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवारको संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वजेट प्रस्तुत गर्दै शिक्षाको गुणस्तर सुधारलाई वजेटमा प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले दृष्टिवीहिन बालबालिकाको शिक्षालाई सहज बनाउन सेतो छडी र ब्रेललिपिका पाठ्यपुस्तक निशुल्क उपलब्ध गराइने जानकारी दिए ।यस्तै, शैक्षिक बेरोजगारलाई सहकारी मार्फत् कर्जा उपलब्ध गराएर आत्म निर्भर गराइने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

यस्तै, पर्यटन विश्वविद्यालयको स्थापनाका लागि संभाव्यता अध्ययन र माध्यमिक तहमाथि पर्यटन सम्बन्धी पाठ्यक्रम तयार पारिनेसमेत उनले जानकारी दिए ।

२०७७ जेष्ठ १५ गते १७:०५मा प्रकाशित

प्रतिकृया दिनुहोस्