काठमाडौं । अस्थायी शिक्षकहरुले संशोधित शिक्षा ऐन आफुहरुले नमान्ने बताएका छन् । उनीहरुले संशोधित ऐनको खारेजी र अस्थायीलाई प्रकृया पु¥याएर स्थायी गर्न भन्दै नयाँढंगबाट आन्दोलन गर्ने भएका छन् ।

अस्थायी शिक्षक आन्दोलन समितिको काठमाडौंमा सम्पन्न देशभरका जिल्ला नेताहरुको भेलाले संशोधन नमान्ने निर्णय गरेको समितिका केन्द्रिय अध्यक्ष निरेन्द्र कुँवरले जानकारी दिए । ‘यसै संशोधित ऐन अनुसार कुनैपनि हालतमा अस्थायी शिक्षकका समस्या समाधान हुने देखिएन । प्रधानमन्त्रीले निर्देशन दिँदा र सर्वोच्च अदालतले समेत परमादेशको आदेश दिँदा शिक्षा मन्त्रालयले सुनेन अब नयाँ ढंगबाट आन्दोलनमा जान्छौं ।’ कुँवरले भने–‘अब मन्त्रालयले बुझ्ने भाषामा आन्दोलन गर्छौ ।’

०६३ मा संशोधित ऐनको व्यवस्था १० वर्षसम्म कार्यान्वयन नगर्ने शिक्षामन्त्रालयले यसपाली भने ऐन कार्यान्वयन भन्दै शिक्षक सेवा आयोगले विज्ञापन गरेपछि भराउने फारम अहिल्यै विभागबाट भर्न लगाएर किन हतारो ग¥यो ? घाम झैँ छर्लंग छ भन्दै कुँवरले मन्त्रालयको कुनियत देशभरका अस्थायी शिक्षकहरुले राम्रोसँग बुझिसकेको जिकिर गरे ।


अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिले देशभरका अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने, पहिले स्थायी भएका र अब हुने शिक्षकको शत प्रतिशत सेवाअवधि गणना हुनुपर्ने, अवकाश प्राप्त शिक्षकलाई स्थायी सरह उपदान र औषधि उपचारखच दिइनुपर्र्ने, शिक्षक सेवा आयोगले सिफारिस गरेका कार्यरत वैकल्पिक उम्मेदवारलाई स्थायी नियुक्ति दिनुपर्ने, द्वन्द्वपीडित तथा विस्थापित शिक्षकहरुलाई निश्कासित समयअवधि गणना हुनेगरी स्थायी गरिनुपर्ने सहितको माग राखेर नयाँढंगको आन्दोलन गर्ने भएका हुन् ।

अस्थायी शिक्षक आन्दोलन समिति सिरहाका अध्यक्ष प्रमोद सिंहले अस्थायी शिक्षकलाई स्थायी नबनाएसम्म आन्दोलन जारी राख्ने बताए । शिक्षा ऐनको आठौं संशोधन अनुसार अस्थायी शिक्षक व्यवस्थापन प्रकृया अगाडी बढाइए अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने सिंहले चेतावनी दिए । आन्दोलन समिति सर्लाहीका अध्यक्ष रामकलेवर रायले आन्दोलनमा मर्न तयार रहेको तर अस्थायी शिक्षकलाई स्थायी नबनाएसम्म आन्दोलन नरोक्ने बताए । ‘कुनैपनि मूल्यमा अस्थायी शिक्षकलाई स्थायी बनाएरै छाड्छौं’– रायले भने

अस्थायी शिक्षकहरुले ऐन संशोधन भएपछि निरन्तर गर्दै आएका आन्दोलनको पहिलो चरण अन्त्य गर्दै नयाँ चरणको आन्दोलन घोषणा गरेका छन् । यसअघि उनीहरुले धर्ना, ¥याली, घेराउ लगायतका आन्दोलन गर्दै आएका थिए । आन्दोलनको दोस्रो चरण अन्तर्गत अस्थायी शिक्षकहरुले भोली शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा दुइघण्टे धर्ना दिने भएका छन् ।

२०७३ असोज १३

प्रतिकृया दिनुहोस्