काठमाडौं । सरकारले मुलुकभरका १०१ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

सामुदायिक विद्यालयका ७७,  संस्थागत विद्यालय र नेपालस्काउट तर्फ ६, विश्वविद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १०१ शिक्षकहरुलाई पुरस्कारका लागि छनोट गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारुपमा आवेदन माग गरी उनीहरुबाट उत्कृष्ट शिक्षकहरुको छनोट गरेको हो ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा देहाय बमोजिमका शिक्षक/प्रशिक्षक तथा प्राध्यापकहरुलाई शिक्षा दिवस पदक, प्रमाणपत्र तथा प्रशंसापत्रद्वारा पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले काठमाडौं जिल्लाबाट कालिदेवी मावि तारकेश्व न.पा.का निमावि शिक्षक प्रकाश प्रसाद फुयाल, भक्तपुर जिल्लाबाट भैरवी आधारभुत विद्यालय सुर्य विनायक नपाका प्रावि शिक्षक राजकुमार बस्नेत र ललितपुर जिल्लाबाट प्रगति शिक्षासदन मावि कुपण्डोलका प्रधानाध्यापक (मावि शिक्षक)सूर्यप्रसाद घिमिरेलाई पुरस्कृत गर्ने भएको छ ।

२०७६ भदौ २३ गते १७:४८मा प्रकाशित

प्रतिकृया दिनुहोस्