कठमाडौं । कक्षा ११ को नयाँ पाठ्यक्रमको अध्ययन गर्न टोली गठन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललको अध्यक्षतामा शनिवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले अध्ययन टोली गठन गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल तयार गरिएको नयाँ ३२ विषयको पाठ्यक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्ने गरी  पाठ्यक्रम परिषदका सदस्य प्राडा लेखनाथ शर्माको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको हो । ९ देखि १२ कक्षा माध्यमिक तह बनेपछि यसअघिको कक्षा ११ को पाठ्यक्रममा सुधार गर्न लागिएको हो ।

यस्तै नयाँ बनेको ३२ विषयको पाठ्यक्रम सम्बन्धमा सुझाब माग्नेगरी पाठ्यक्रम विकास केन्द्रको वेवसाइटमा सातदिनभित्र सार्वजनिक गर्ने निर्णय भएको छ ।

सो तहको ४८ विषयको पाठ्यक्रम यस अघि नै स्वीकृत भएको छ भने कुल ९९ विषयको पाठ्यक्रम बन्नु पर्ने छ ।

प्रतिकृया दिनुहोस्