काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रहरुमा सीसी क्यामेरा जडान गर्ने भएको छ। विश्वविद्यालयले आगामी चैत २० भित्र अनिवार्यरूपमा सीसी क्यामेरा जडान गरिसक्न परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको हो।

सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिने गरि कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड गर्न मिल्ने भएको हुनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले विज्ञप्तिमा उल्लेख गरिएको छ।

सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन केन्द्रबाट नै बञ्चित गर्ने विज्ञप्तिमार्फत जनाइएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षालाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गर्न भनिएको हो।

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्