काठमाडौँ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षक (इसिडि शिक्षक) र विद्यालय कर्मचारीको तलब बढाएको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै विद्यालय कर्मचारी र इसिडि शिक्षकको तलव १५ हजार पुर्‍याइएको जानकारी दिए ।

इसिडि शिक्षक र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्यूनतम मासिक पारश्रमिक उपलब्ध गराइने छ । इसिडि शिक्षक मासिक ६ हजारमा कार्यरत थिए । यस्तै विद्यालय कर्मचारीहरु पनि न्यून शुल्कमा कार्यरत थिए । इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुले लामो समय देखि सुविधा बढाउन माग गर्दै आएका थिए । सर्वोच्च अदालतले पनि विद्यालय कर्मचारीहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्न आदेश जारी गरेपनि सरकारले कार्यान्वयन गरेको थिएन ।

इसिडि शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक १५ हजार बनाउनका लागि ५ अर्ब ५५ करोड विनियोजन गरिएको अर्थमन्त्री  पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्