काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षण केही समयको स्थगन पछि पुनः सुचारु हुने भएको छ । तेस्रो चरणमा ठूलो संख्यामा गरिएको परीक्षणमा केही व्यक्ति विरामी भए पछि खोपको परीक्षण केही समयका लागि गरिएको थियो । धेरै मानिसमा खोपको परीक्षण गर्दा केहीमा रियाक्सन हुनु स्वभाविक र अपेक्षित भएको बीबीसीको समाचारमा जानाइएको छ ।

सो विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको सो खोप एक व्यक्तिमा देखिएको अज्ञात विरामीका कारण केही सयम स्थगन गरिएको र सो कार्य नियमित भएको बीबीसीको समाचारमा उल्लेख गरेको थियो

परीक्षणको अन्तिम चरणामा रहेके सो खोपबारे विश्वव्यापी रुपमा निकै अभिरुचीपूर्वक हेरिएको छ । सो खोप सन् २०२० को अन्तसम्ममा बजारमा अउन सक्ने बताइएको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्