काठमाडौं । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरको एक प्रतिनिधि मण्डलले सिकाइ जुक्ति आदानप्रदान गर्ने भन्दै शुक्रबार बाग्मती प्रदेसका नमूना विद्यालयहरुको अवलोकन भ्रमण गरेको छ ।

लुम्बिनी प्रदेशमा गतवर्ष रुपन्देही जिल्लाबाट प्रदेश नमूना विद्यालयमा छनोट भएकोले २८ वटा क्षेत्रहरुका आधारहरुमा विद्यालयहरुको भौतिक, शैक्षिकलगायत समग्र पक्षहरुको विकास गर्ने उद्देश्य अनुसार नेपालमा शिक्षा मन्त्रालयद्वारा तय गरेका १५१ वटा सुचकहरुका आधारमा मापदण्ड पूरा गरि नेपालमै नमुना विद्यालय छनौट हुन सफल बागमती प्रदेशको नारायणी नमुना मावि चितवन र भिमोदय नमुना मावि कालिका नगरपालिका चितवनको अन्तर विद्यालय भ्रमण तथा अवलोकन गरि अन्तक्र्रिया गरेको छ ।

उक्त अन्तक्र्रिया नारायणी नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा नारायणी नमूना माविका प्रधानाध्यापक एवं नेपाल शिक्षक महासंघ राष्ट्रिय सह–अध्यक्ष पुर्ण प्रसाद दवाडी, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य एवं विद्यालयका पूर्व विद्यलय व्यवस्थापन समिति अध्यक्ष रणबहादुर थापा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद खरेल लगायतले धारणा राखेका थिए ।

यसैगरी भीमोदय नमूना मावि कालिकानगर नगरपालिका ५ पदमपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नवीन औद्योगिक कदर बहादुर रीता मावि विव्यस अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सप्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा सदस्य एवं पूर्व विव्यस अध्यक्ष रणबहादुर थापा, एसियाको बेस्ट प्रिन्सिपल अवार्ड २०२०-२१ बाट पुरस्कृत हुन सफल भीमोदय नमुना माविका प्रधानाध्यापक डा. हरि प्रसाद कडेलले विद्यालयको बारेमा जानकारी गराएका थिए ।

उक्त अन्तक्र्रियामा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले आफ्नो विद्यालयमा मन्टेस्वरि देखि कक्षा १२ सम्म पूर्ण अङ्ग्रेजी माध्यममा पठनपाठन हुने कक्षा ४ देखि कम्प्युटर अध्यापन हुने कक्षा ११ र १२ मा व्यवस्थापन, सिभिल इन्जिनियरिङ र विज्ञान समूह अध्यापन हुँदै आएको जानकारी दिए ।

२०७७ को व्यवस्थापन समुह तर्फ कक्षा १२ को बोर्ड परीक्षामा अपेक्षा चौधरीले ४ जीपीए ल्याई नेपाल प्रथम भएको र हालै पुल्चोक इन्जिनियरिङ क्याम्पसद्वारा लिइएको प्रवेश परीक्षामा ५ जना विद्यार्थीहरुले छात्रवृत्तिमा नाम निकालेर भर्ना हुन सफल लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा गरिएको २०७५ एसइइ मूल्यांकनमा प्रदेशमा पाचौं र रुपन्देहीमा दोस्रो हुन सफल भएको बस्नेतले जानकारी दिए । ।

यसैगरी, ब्रिटिश काउन्सिलबाट आइएसए २०१७–२०२० प्राप्त गरेको र आइएसए २०२०–२१ को लागि प्रोजेक्ट कार्यक्रम पनि आइएसए कोडिनेटर जु.इ. आशिष लामिछानेको पहलमा सञ्चालन भइरहेकोउनले बताए ।

प्रअ बस्नेतका अनुसार लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयमा होटेल व्यवस्थापन कक्षा न्युनतम शुल्कमा सन्चालन गर्दै आएको विद्यालयमा हाल १०७ शिक्षक तथा कर्मचारी करिव ३००० विद्यार्थीहरु अध्ययनरत रहेका छन् । बुटवल उपमहानगर स्तरीय दोस्रो रास्ट्रपति रनिङ शिल्ड २०७७ मा दोस्रो हुन सफल भयको र विद्यालयमा विद्यार्थीहरुमा खेलकुदको समग्र विकास एवं विस्तार तथा विद्यार्थीहरुलाई अनुशासन, विकास र गतिशीलता कायम गर्न राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै खेल प्रशिक्षकमा नवराज खरेललाई नियुक्त गरेको छ भने विद्यार्थीहरुको स्वास्थ्य प्रशिक्षण एवं रेखदेख गर्न वि. एन. नर्सिङ तथा स्टाफ नर्स शरिता बस्याल पाण्डेलाई नियुक्ति गरेको छ ।

उक्त अन्तर विद्यालय भ्रमणमा विद्यालय व्यवस्थापन समिति सदस्यहरु सावित्री बिक, रुपा कार्की, रामराज लामिछाने, विष्णुमाया भण्डारी, सन्तोष पछाई, सहायक प्रधानाध्यापक रोमनाथ घिमिरे, केशवराज पन्थ, लायन्स क्लब अफ बुटवलका निर्वाचित सभापति अधिवक्ता लोक प्रसाद खरेल लगायत ७५ जानाको सहभागिता रहेको थियो । उक्त टोलीले दुईवटा नमुना विद्यालयमा भएका असल अभ्यास हरुलाई विद्यालयमा आवश्यकता अनुसार कार्यान्वयनमा ल्याउने प्रअ बस्नेतले जनाए ।

प्रतिकृया दिनुहोस्