मन्त्रालय र निजी विद्यालयबीच निर्णायक वार्ता हुँदै

पढाउने वा नपढाउने सरकारको निर्णयमा भर पर्छ: निजी विद्यालय

Avatar photo

Byएजुकेशन पाटी

२१ असार २०७७, आईतवार

काठमाडौं । भोलिबाट अनलाईन कक्षा बन्द गर्ने चेतावनी दिएका निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनबीच आज वार्ता हुने भएको छ ।

निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनलाईन कक्षा सञ्चालन गर्दै आएका निजी विद्यालयले भोलिबाट कक्षा ठप्प पार्ने निर्णय गरेपछि वार्तामा बोलाएको हो । वार्ता अहिले ३ बजेबाट हुने भएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माको नेतत्वको टोलीले प्याब्सन र एन प्याब्सनका अधिकारीसंग वार्ता गर्दैछ । प्याब्सनका सह अध्यक्ष डीके ढुंगानाले वार्तामा बोलाएको जानकारी दिनुभयो । वार्तापछि हामी आधिरीक धारणा सार्वजनिक गर्नेछौ–उहाले भन्नुभयो ।

विद्यालयमा कार्यरत शिक्षकको संस्था इष्टुले पढाई लक डाउन अवधीमा अनलाईन कक्षा सञ्चालन गरेका सबै शिक्षकलाई तलब दिन माग गर्दै प्रर्दशनमा उत्रिसकेका छन् ।

विद्यालय सञ्चालकले सरकारले कुनै सहुलियत ऋणको व्यवस्था नगरी निजी विद्यालयलाई शुल्क नलिन दिएको आग्रह पुर्वाग्रहपुर्ण रहेको आरोप लगाउदै मासिक शुल्क लिन नपाए विद्यालयको अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेको थियो ।

सो निर्णयसंगै सरकार र निजी विदालयबीच टकराब बढेको थियो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले अनलाईन कक्षा सञ्चालन गरेपछि शुल्क लिन पाउनुपर्ने बताउदै त्यसो नभए अनलाईन कक्षा ठप्प पार्ने बताउनुभएको थियो ।

कोभिड–१९ को मारमा आर्थिक संकट भोगिरहेको निजी विदालयको विषयमा सरकारले कुनै सम्बोधन नगरेपछि बाध्य भएर अनलाईन कक्षा बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयाएको थियो । उहाले अहिले वार्ताबाट सरकारले के निर्णय गर्छ सोही आधारमा निजी विद्यालयको धारणा सार्वजनिक गर्ने जानकारी गराउनुभयो ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सरकारले निजी विद्यालयलाई कुनै सहुलियत नदिएर अनलाईन कक्षा लिएको शुल्क समेत नलिन भनेपछि बाध्य भएर कक्षा ठप्प गर्ने निर्णय गरीएको बताउनुभयो ।

उहाले भन्नुभयो–अब सरकारले के निर्णय गर्छ सोही आधारमा धारणा सार्वजनिक गर्नेछौ ।

नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्