सिमकोट । काठमाडौंमा अध्ययनरत थप १५० हुम्ली विद्यार्थीहरुले उद्दार गरिने भएको छ । कोरोना महामारी पछिको लकडाउनले खाद्यान्न संकट भोगिरहेका थप १५० विद्यार्थीको कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाले बिहीबार बेलुका उद्दार गर्ने भएको हो ।

काठमाडौंमा अध्ययन गरिरहेका विद्यार्थी खाद्यान्न अभावले समस्याग्रस्त बनेको जानकारी पाएपछि गाउँपालिकाले काठमाडौंबाट मुगुसम्म गाडीमा उद्दार गर्न लागेको हो । यसअघि पनि झण्डै तीनसय हुम्ली विद्यार्थीको उघार गरिएको थियो ।

गाउँपालिकाले आफ्नो क्षेत्रका १५० विद्यार्थी उद्दार गर्नका लागि चारवटा गाडीको व्यवस्था गरेको छ । ती गाडीको नम्बर, ड्राईभर र सहायक ड्राईभरको नाम सहित जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको छ । उक्त सिफारिसका आधारमा गृहमन्त्रालयको पासले विद्यार्थीहरु मुगुसम्म गाडीमा यत्रा गर्नेछन् ।

त्यसमा काठमाडौंमा अध्ययरत विद्यालयदेखि कलेजस्तरका विद्यार्थीहरुको उद्दार हुने काठमाडौंबाट उद्दार कार्यमा सहयोग गरि रहेको शिव रावलले जानकारी दिए ।

ती विद्यार्थीहरुलाई कोरोना संक्रमणका आवश्यक सामानहरु काँग्रेस हुम्लाका सभापति जयपति रोकायाले ४० केजी चिउरा, दश केजी दाल्मोट र दुई सय बोटल पानी र सिमकोट गाउँपालिका वडा नम्बर ५ निवासी इन्जिनीयर उजिर रावतले दुई सय पिस माक्स सहयोग गरेका रावलले बताए ।

काठमाडौंबाट उद्दार गरिएका विद्यार्थीलाई तीन दिनमा मुगु गाडीले पुर्याउने छ भने तीन देखि चार दिन पैदल हिडेर खार्पुनाथ गाउँपालिकामा पुर्याइने छ ।

बाटो खाना तथा बस्न पाउने सम्भावना नभएको कारण विद्यार्थीहरु आफैले व्यवस्था गरेर जान गाउँपालिकाले आग्रह गरेको छ । उनीहरु हुम्ला पुगेर क्वोरन्टिनमा बस्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस्