काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले विद्यालय कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । विद्यालय कर्मचारी परिषद् विभिन्न माग राखेर आन्दोलित हुँदै आएको छ ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलगायतमा धर्ना दिइसकेका विद्यालय कर्मचारीहरुले शुक्रवार माइतीघरमा विरोध प्रदर्शन गरेका थिए । युएण्टोका अध्यक्ष शंकर अधिकारीले माइतीघरको प्रदर्शनमा सहभागी हुँदै विद्यालय कर्मचारीको मागमा संगठनका तर्फबाट ऐक्यबद्धता जनाएका हुन् ।

युएण्टोले शुक्रबार नै एक विज्ञप्ति जारी गर्दै दशकौंदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना गरी स्थायी नगरिनु र न्यूनतम श्रम ऐन अनुसारको सेवा सुविधा प्रदान नगर्नु घोर अन्यायपूर्ण र आपत्तिजनक भएको जनाएको छ ।

राज्यले अरु सबै क्षेत्रका कर्मचारीको तलब वृद्धि हुँदा समेत विद्यालय कर्मचारीको तलब नहुनु खेदजनक भएको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विद्यालय कर्मचारीको माग र मुद्दाहरु तत्काल सम्बोधन गर्नसमेत संगठनले माग गरेको छ ।

संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलार्य एक पटकका लागि उमेर हद नगाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलार्य प्रचलित कानुनबमोजिम शिषक सरहको सेवा सुविधा उपलब्ध गराई अवकाश ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने लगायतको माग राख्दै विद्यालय कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्