काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । तीनदिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको राष्ट्रिय सभागृहमा र बन्द सत्र क्वालिटि ब्यांक्वेट बुद्धनगरमा हुने जनाइएको छ।

आज ११ बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । महाधिवेशनले संगठनको आगामी नीति तथा उर्जावान नेतृत्व ठोस गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

महाधिवेशनमा मुलुकमा रहेका एकलाख बढी उत्पीडित शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषसँग जोड्ने, शिक्षकको पेशागत सुधार, समृद्धि र स्थायीत्वका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्