काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ईन्जिनियरिङ संकायतर्फका स्थगित भएका सम्पूर्ण परीक्षाहरु भदौ ७ गतेदेखि सञ्चालन हुने भएका छन् ।

ईन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले सूचना प्रकाशित गरी स्थगित परीक्षाहरु भदौ ७ देखि पुनः सञ्चालन हुने जनाएको हो ।

कोरोना भाइरसको कारण ईन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालय को २०७६ चैत्र ०६ को सूचनाद्वारा सोहि मितिदेखि लागु हुनेगरी ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत सञ्चालन हुने पठनपाठनका साथै स्नातक तथा स्नातकोत्तर तहको परीक्षाहरु स्थगित गरिएको थियो ।

त्रिवि सूचना तथा जनसम्पर्क माहाशाखाको २०७७ साउन ६ को सूचना तथा नेपाल सरकारले २०७७ साउन ६ गते मध्यरात देखि लकडाउन अन्त्य गरेको घोषणाका आधारमा त्रिवि र इन्जिनियरिङ अध्ययन संस्थानबाट २०७६ चैत्र ६ गतेदेखि स्थगित गरिएको स्नातकोत्तर तहको परीक्षा २०७७ भाद्र ७ गतेदेखि र स्नातक तहको परीक्षा मिति २०७७ भाद्र १५ गतेदेखिसरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्वन गर्दै सञ्चालन गरिने जनाएको हो ।

प्रतिकृया दिनुहोस्