काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले भदौबाट सञ्चालन गर्न लागेको विभिन्न तहको परीक्षा स्थगित गरेको छ। संस्थान डिन कार्यालयले विज्ञप्ति जारी गरेर कोभिड १९ को संक्रमण त्रास कायमै रहेकोले तत्काल परीक्षा सञ्चालन गर्न नसक्ने जनाएको हो।

संस्थानले यसअघि स्नातक तथा स्नातकोत्तर तहको परीक्षा भदौ पहिलो र अन्तिम साताबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। संस्थानले भदौ १ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। पढाइमा सहभागी हुन संस्थानले सबै विद्यार्थीलाई अनुरोध गरेको छ।

हेर्नुहोस् सूचना

विश्वभर फैलिरहेको कोभिड-१९ को महामारीले गर्दा इ.अ.सं. अन्तर्गतका स्नातक तथा स्नातकोत्तर तहका परीक्षाहरु क्रमशः भाद्र अन्तिम तथा तेश्रो साताबाट संचालन हुने भनी इ.अ.सं. परीक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०७४४/१५ गते सूचना प्रकाशित गरिएकोमा हाल कोभिड-१९ महामारी कायमै रहेकोले इ.अ.स. अन्तर्गतका स्थगित परीक्षाहरु संचालन गर्न सम्भव नदेखिएकोले उक्त परीक्षाहरु हाललाई स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

इ.अ.सं. को शैक्षिक क्यालेण्डरमा थप क्षती नपुगोस् भन्ने उद्देश्यले मिति २०७० भाद्र १ गते देखि Online माध्यमबाट Class संचालन हुने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ । Online Class को Routine लगायत अन्य विस्तृत जानकारीको लागि सम्बन्धित क्याम्पस/कलेजहरुमा सम्पर्क राख्नुहुन समेत सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।

 

प्रतिकृया दिनुहोस्