काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (शिक्षकलाइसेन्स) का लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेदवारले भदौ २३ गते सम्म नियमित दस्तुरमा र ३० गते सम्म दोब्बर दस्तुर तिरि आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली अनलाइन दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञापन प्रकाशित गरिएको छ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् तोकिएका कागजातहरू पेश गरी राजश्व दस्तुर बुझाई सकेपछि पेश गरिएको कुनै कागजात परिमार्जनरसंशोधन तथा थपघट गर्न नसकिने व्यहोरा सूचित गरिन्छ ।

व्यक्तिगत विवरण र पेश गर्नुपर्ने कागजातहरु सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त पेश गर्नुपर्नेछ । उम्मेदवारले पेश गरेका कुनै पनि प्रमाणपत्रहरू रुजू गर्ने क्रममा यस परीक्षाको नतिजा प्रकाशनका बखतसम्म पनि फरक परेमा वा अन्यथा पाइएमा आयोगबाट त्यस्ता दरखास्त रद्द गरिनेछ ।

 

प्रतिकृया दिनुहोस्