काठमाडौं । ५ नम्बर प्रदेश सरकारले एसईई परीक्षा सञ्चालनका सम्बन्धमा विभिन्न विकल्पमा काम भइरहेको जनाएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सूदर्शन बरालले प्रदेश ५ सरकारले एसईई परीक्षाका सम्बन्धमा मूख्य दुई विकल्पमा काम गर्ने तयारी गरिरहेको जानकारी दिए ।

शिक्षा पत्रकार समूहले शुक्रवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बरालले परीक्षा सञ्चालनका विकल्प बारे शिक्षक, स्थानीय तह र विज्ञहरुसँग छलफल भइरहेको जानकारी दिए ।

मुख्यतः एसईई परीक्षा सञ्चालनका दुई विकल्पमा काम भइरहेको मन्त्री बरालले बताए । उनका अनुसार एउटा विकल्प भनेको सबै विषयको नभई विज्ञान, अंग्रेजी, गणित जस्ता महत्वपूर्ण विषयको मात्रै परीक्षा सञ्चालन गर्ने र अर्को परीक्षा केन्द्रहरु व्यापक रुपमा बढाउदै एउटा कक्षामा १५–२० जना मात्रै विद्यार्थी राखेर दुरी कायम राख्दै परीक्षा सञ्चालन गर्ने रहेको छ ।

सामाजिक विकास मन्त्री बरालले दुबै विकल्पमा छलफल भइरहेको जानकारी दिए । ‘हामी केही दिनमै निर्णयमा पुग्छौं’– मन्त्री बरालले भने, ‘एउटा विकल्पका आधारमा परीक्षा सञ्चालन गर्छौं ।’

२०७७ बैशाख १२ गते १४:४९मा प्रकाशित

प्रतिकृया दिनुहोस्