काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा नयाँ भर्नाका लागि आधार तय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा सार्वजनिक गरेसँगै केन्द्रले कक्षा ११ मा नयाँ भर्नाको आधार तय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण तोकिएको एसईई परीक्षा स्थगित गरेर यसपटक विद्यालयले गरेको मूल्यांकनकै आधारमा नतिजा प्रकाशन गरिएको थियो । विद्यालयले पठाएकै विद्यार्थीको मूल्यांकनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरिएको हुनाले केन्द्रले भर्नाका आधारमा पनि परिवर्तन गरिएको हो ।

केन्द्रले तय गरेको भर्नाका आधार अनुसार साधारण तर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्नका लागि औसत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

यसअघि कक्षा ११ मा विज्ञान संकाय पढ्न न्यूनतम औषत जिपिए २ ल्याउनै पर्ने व्यवस्था थियो । यस्तै, विज्ञान र गणितमा सी प्लस तथा अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ग्रेड ल्याउनुपर्ने

साथै, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका अन्य विषय अध्ययन गर्नका लागि जिपिए १.६ र अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस ल्याउनुपर्ने केन्द्रले जनाएको छ ।

यस्तै, प्राविधिक तथा व्यवसायिक शिक्षा र परम्परागत शिक्षा अध्ययनका लागि भने पुरानै भर्नाको आधार मान्ने केन्द्रले जनाएको छ । अर्थात् न्यूनतम औषत जिपिए १.६ ल्याउने सबैले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्न पाउने छन् ।

प्रतिकृया दिनुहोस्