काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गरेका हुन् ।

अहिले शिक्षकहरूले चाैमासिक रूपमा तलब पाउँदै आएका छन् । शिक्षकलाई राजनीतिक दलसँग आवद्ध हुन नदिने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने घोषणा पनि सरकारले गरेको छ ।

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गर्ने घोषणा पनि सरकारले गरेको छ ।

प्रतिकृया दिनुहोस्