काठमाडौं । साहित्यकार डा जानुका पौडेल नेपालको कथासंग्रह ‘तनुजा’ सार्वजनिक भएको छ। काठमाडौंको नील बाराही माध्यामिक विद्यालय कालिमाटीकी प्रधानाध्यापक समेत रहेकी पौडेलको कथा संग्रह ‘तनुजा’ नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन गरिएको हो।

लेखक पौडेलले पुस्तकमा विद्यालय शिक्षामा किशोरावस्थाका खुशी, दुःख, पीडा उनीहरूको उमेरका कारणले उत्पन्न हुने मानसिक असन्तुलन, पारिवारिक समस्या, व्यक्तिगत समस्या लगायतको विषयमा कथा समेटेको बताइन्।

‘लामो समयदेखि शिक्षण पेशामा छु। किशोरावस्थाका विद्यार्थीहरुसँग नजिक रहेकोले यो उमेरमा के कस्ता समस्या भोग्नुपर्छ भनेर कथामा समेट्ने प्रयास गरेकी छु’, उनले भनिन्।

कार्यक्रममा साहित्यकार प्रा.डा. व्रतराज आचार्य, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार डा. जर्नादन नेपाल, प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्य, डा. विद्यानाथ कोइरालाले पुस्तकको विमोचन गरे।

किशोरमैत्री कथाहरु समेटिएको संग्रह ‘तनुजा’बारे प्रा डा ब्रतराज आचार्य, साहित्यकार विजय चालिसे, डा रेनुका सोलु, खगराज बराललगायतले टिप्पणी गरेका थिए।

प्रतिकृया दिनुहोस्