ताँजाकोटका १७ विद्यालय आजदेखि सुचारु

Avatar photo

Byएजुकेशन पाटी

१५ माघ २०७७, बिहीबार


सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका सबै विद्यालय आजदेखि सुचारु भएका छन् । कोरोना संक्रमणको त्रास कम भएको भन्दै गाउँ कार्यपालिकाले निर्णय गरेर विद्यालय सुचारु भएका हुन् ।

चार माध्यामिक र १३ वटा आधारभुत विद्यालय गरि १७ वटा विद्यालयमा आज १५ गतेबाट पठन पाठन सुरु भएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले बताए ।

गाउँ कार्यपालिकाले विद्यालयमा पठन–पाठन सुरु गर्ने निर्णय गरेसँगै गाउँपालिकाको कार्यालयले सबै विद्यालयलाई पठन–पाठनको तयारी गर्न पत्राचार गरेको थियो ।

कोरोना संक्रमण विरुद्धका सामग्री भने गाउँपालिकाले सहयोग गर्ने भएको छ । माघ १५ गतेबाट पठन पाठन गर्ने ताँजाकोट गाउँपालिका तेस्रो गाउँपालिका भएको छ । यसअघि सिमकोट र सर्केगार्ड गाउँपालिकाले ६० वटा विद्यालयमा पठन पाठन सुरु गर्ने निर्णय गरि सकेका छन् । भने अदानचुली गाउँपालिकाले पुस १५ गतेबाटै पढाई सुरु गरि सकेको छ । अब तीन वटा गाउँपालिका, नाम्खा, खार्पुनाथ र चंखेलीले पठन पाठन सुरु गर्न बाँकी रहेका छन् ।

प्रतिकृया दिनुहोस्