काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति(मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन् । मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिँदै उनले आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरूबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘म कसैलाई फोन गरेर यसलाई नियुक्ति गर, उसलाई नगर भन्दिनँ । मेरो पार्टीको कसैलाई त्यस्तो फोन आयो भने मलाई भन्नु भनेको छु । यस्तो काम मेरो पार्टीबाट र मबाट हुँदै हुँदैन । अरूले गरिहालेपनि मलाई भन्नु, म पदेन सहकुलपति छु । त्यसैले मापदण्ड बनाएर नियुक्ति प्रक्रिया समान गर्नको लागि प्रयोग गर्छु । यो मेरो प्रतिबद्धता भयो ।’

उनले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्