काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल नियुक्त भएका छन् । मन्त्री खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनी स्वतन्त्र पार्टीबाट काठमाडौं ६ बाट निर्वाचित भएका थिए।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय खनालको हातमा शिक्षा मन्त्रालयको बागडोर आइपुगेको छ। सन् २०१२ मा टिच फर नेपालको स्थापन गरेर खनाल गरेर शिक्षक उत्पादनमा सक्रिय भएका थिए । सो संस्थाले नेपालका ७ जिल्लामा शिक्षकलाई पेसागत क्षमता अभिवृद्धि तालिम दिनुका साथै विभिन्न जिल्लामा स्वयंसेवक शिक्षक खटाउँदै आएको छ ।

तिनहुँको चुँदीमा जन्मिएका खनालले अमेरिकाबाट पोलिटिकल इकोनोमीमा स्नातक गरेका छन्। त्यस्तै युनिभर्सिटी अफ विन्सकन्सन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरेका छन्। यस अघि उनी तुल्सीपुर उप महानगरपालिकाकाको शिक्षा सल्लाहकारका रुपमा नियुक्त तीन वर्ष सम्म काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्