काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन्। आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

उनलाई मन्त्रालयमा सचिव र कर्मचारीहरूले स्वागत गरेका थिए।उनले सरकारको नीतिगत प्राथमिकतामा उल्लेख गरिएका प्रतिवद्धतामा हस्ताक्षर सहित पहिलो निर्णय गर्दै पदभार ग्रहण गरेका हुन् । मन्त्री खनालले पदभार ग्रहण गर्दै शिक्षा ऐनलाई अध्ययन गरेर पुनावलोकन गरेर अगाडि बढाउन बताए ।

काठमाडौं ६ बाट निर्वाचित सांसद खनालले सुरूमा स्वतन्त्र उम्मेदवारी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी लिएका थिए। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

प्रतिकृया दिनुहोस्