नेपालगन्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहका २४ जना एसईई परीक्षामा सहभागी भएका छन् । उनीहरूले सुधारगृहमै तोकिएको युद्ध संस्कृत माविको उपकेन्द्रबाट परीक्षा दिनेछन् ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा बाँकेबाट ९ हजार २३ जना सहभागी हुने भएका छन्

जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट ९ हजार २३ जना सहभागी हुने भएका हुन् । जिल्लामा २३ वटा परीक्षा केन्द्रहरू तोकिएको शिक्षा विकास तथा समवन्य इकाई बाँकेका प्रमुख भगवानप्रसाद पौडेलले बताए ।

३ हजार ४ सय ४४ जना छात्रा र ३ हजार ११ जना छात्र गरी ६ हजार ४ सय ५५ जना विद्यार्थीहरूले परीक्षा दिने उनले जानकारी दिए ।

यसैगरी ९३ वटा संस्थागत विद्यालयबाट एक हजार ५० जना छात्रा र एक हजार पाँच सय १८ छात्र गरी कूल २ हजार ५ सय ६८ जनाले परीक्षा दिनेछन् ।

यसैगरी ६ जना दृष्टिविहीनले परीक्षा दिँदै छन् । उनीहरूलाइ एबीसी स्कुलको परीक्षा केन्द्रबाट सहयोगीमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

रुपा गहतराजले कान्तिपुरमा खबर लेखेकी छन्।

प्रतिकृया दिनुहोस्