काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैत ६ गते देखि शुरु हुने भनिएको एसईई परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।

बुधवार राती अबेर बसेको बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित COVID – 19 संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ को निर्णय अनुसार एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

साथै, बोर्ड बैठकले एसईई परीक्षाका प्रश्नपत्रहरू लगायतका गोप्य सामग्रीहरू र उत्तरपुस्तिकाहरूको सुरक्षा गर्न सम्बन्धित सबै सुरक्षा निकाय र केन्द्राध्यक्षलाई अनुरोधसमेत गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा एसईई स्थगितको निर्णयबाट  विद्यार्थी तथा अभिभावक लगायत सम्बद्ध सबैमा पर्न गएको असुविधा प्रति बोर्ड क्षमाप्रार्थी रहेको जनाइएको छ ।

२०७६ चैत्र ५ गते २२:२७मा प्रकाशित

प्रतिकृया दिनुहोस्