एसइइको नतिजा सार्वजनिक

Avatar photo

Byएजुकेशन पाटी

२६ जेष्ठ २०७७, सोमबार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न थिए ।

सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय ८० जना रहेका छन् । त्यसैगरी जीपीए ३.२० देखि ३.६० सम्म ५१ हजार १ सय ३७ जनारहेका छन् ।

त्यस्तै, जीपीए २.८५ देखि ३.२० सम्म ल्याउने ६३ हजार ७ सय ४१ जना छन् । जीपीए २.४० देखि २.८० सम्म ७६ हजार ५ सय ६४ जना रहेका छन् ।
२.० देखि २.४० सम्म ९८ हजार २ सय ७, १.६० देखि २.० सम्म ल्याउने ९५ हजार ३ सय ७ रहेका छन् ।

यस्तै ४३ हजार ८ सय ४१ जनाले १.२० देखि १.६० सम्म जीपीए ल्याएका छन् । ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ४ हजार ४ सय २९ रहेको छ ।

ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने छन् । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

 

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीलेले जानकारी दिए ।

बुधवार नै एसइइ नतिजा सार्वजनिक हुने समाचारहरु प्रकाशित भएका भएपनि राष्ट्रिय परीक्षा बोर्डले खण्डन गरिदिएको थियो । अघिल्ला वर्षहरुमा असार पहिलो हप्ता नै सार्वजनिक हुँदै आएको एसइइ नतिजा यसपटक प्रदेश नम्बर २ मा पुन परीक्षा लिइएका कारण एक हप्ता पछाडि सरेको हो ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

२०७५ सालको एसइइ परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

२०७६ असार १२ गते १६:००मा प्रकाशित

प्रतिकृया दिनुहोस्