गोरखामा एसईईको तयारी पूरा

Avatar photo

Byएजुकेशन पाटी

११ चैत्र २०७९, शनिबार

गोरखा। जिल्लामा आगामी चैत १७ गते देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ।  शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

यस वर्षको एसईईमा जिल्लाबाट नियमित, ग्रेडवृद्धि, र प्राविधिक धारतर्फका गरी तीन हजार आठ सय ४४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिए । उनकाअनुसार जिल्लामा सामुदायिक र निजी गरी १ सय ३४ वटा माध्यमिक विद्यालयहरु रहेका छन् । ती विद्यालयहरुबाट एसईईमा सबैभन्दा कम ६ जना र सबैभन्दा धेरै १२३ जना सहभागी हुन लागेका इकाइ प्रमुख आचार्यले जानकारी दिए ।

यसवर्ष एसईईका लागि २३ वटा परीक्षा केन्द्र तय गरिएको छ । गतवर्ष २५ वटा परीक्षा केन्द्र थिए । यसैगरी एसईईमा सहभागी हुने विद्यार्थी पनि गतवर्षको तुलनामा ६ सय ५० जना घटेका आचार्यले जानकारी दिए । उनका अनुसार जिल्ला परीक्षा सििमतिले केन्द्राध्यक्ष नियुक्ति गर्नेकाम धमाधम गरिरहेको छ। यसैगरी प्रश्नपत्र रुजु गर्नेकाम पनि भइरहेको छ।

प्रतिकृया दिनुहोस्