काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा हेर्न सकिने माध्यमबारे जानकारी दिएको छ।

आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसईईको नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जनाएको हो।

सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीआरमार्फत तीन सेवाप्रदायकबाट प्राप्त गर्न सकिनेछ। साथै १४ वटा वेबसाइटमार्फत विस्तृत नतिजा तथा मार्कसिट हेर्न सकिने व्यवस्था गरिएको छ।

IVR (फोन कल) बाट
नेपाल टेलिकमको सेवा प्रयोग गरेर १६०० नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा सुन्न सकिन्छ।

एसएमएस बाट नतिजा हेर्ने तरिका

तल दिइएका सर्टकोडमा एसएमएस पठाएर  नतिजा प्राप्त गर्न सकिनेछ।

नेपाल टेलिकम: १६०० (SMS सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा )
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा )

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू

इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम : www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
इडियु सञ्जाल : www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
एम्बिसन गुरु प्रालि : see.ambition.guru
एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see

 

प्रतिकृया दिनुहोस्