सिमकोट  । खार्पुनाथ गाउँपालिकाले १० विद्यालयलाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई पाँच हजार ५०० थान प्याड वितरण गरिने भएको हो ।

कक्षा ६ देखि १२ सम्मका करिब एक हजार ३०० छात्रालाई प्याड वितरण गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकारी भीमबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार हिजो र आज गरेर नेपालगञ्जबाट पाँच हजार ५०० थान प्याड सिमकोट पुगेलगत्तै गाउँपालिकामा लिएर वितरण गरिने भएको छ ।

विद्यालयमा अध्ययनरत छात्रा महिनावारीका अवस्थामा कक्षामा नियमित उपस्थित हुन कठिनाइ भएकाले सो कार्यक्रम लागू गरिएको थापाले जानकारी दिनुभयो ।

सोही गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षिकालाई पनि प्याड वितरण वितरण गरिने भएको छ । प्याड वितरणवाट विद्यालयमा अध्ययनरत छात्राको कक्षा नियमित भई अध्ययनअध्यापनमा सहजता हुने छ । जिल्लाका किशोरी महिनावारीका समयमा विद्यालय जान लजाउने भएका कारण पनि गाउँपालिकाले सो कार्यक्रम लागू गरेको हो । पाँच हजार ५०० स्यानिटरी प्याडको तीन लाख रुपियाँसम्म मूल्य परेको छ ।

गोरखापत्रमा खबर छ ।

 

प्रतिकृया दिनुहोस्