सरस्वती पूजा

कविता

Avatar photo

Byएजुकेशन पाटी

२०७७ माघ २५, आइतवार
कविता

हामी विद्यार्थीहरुलाई
निर्मल विद्या उनी दिन्छिन्
अज्ञानताको अन्धकारलाई हटाई
ज्ञानको प्रकाश उनी छर्छिन्

सरस्वती माताबाट हामीले
विवेक, बुद्धि पाउँछौँ भन्ने छ विश्वास
हरेक बालबालिकाले शिक्षा प्राप्त
गर्न पाओस भन्ने गरौँ पनि आश

अब देखि हामी सबैले
धेरै पुस्तकहरु पढ्छौँ
सरस्वती माताको आशिर्वाद लिई
हामी सधैँ अघि-अघि बढ्छौँ

सरस्वती माताको सेतो वस्त्रबाट
सकारात्मक भाव जागरण हुन्छ
उनीको अमूल्य आशिर्वाद पाएमा
मानिस सधैँभरिको लागी धन्य हुन्छ

विद्याकी देवी सरस्वती माताको
भावपूर्ण गरौँ हामी आरधना
सरस्वती पूजा एवं श्रीपञ्चमीको
सबैलाई हार्दिक शुभकामना

कक्षा: ६
बूदानीलकण्ठ स्कुल, काठमाडौँ।

 

 

प्रतिकृया दिनुहोस्