रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले असोज ११ देखि गाउँपालिका भित्र रहेका विद्यालयहरु सञ्चालन गर्ने भएको छ।

कोभिड–१९ लाई मध्यनजर गर्दै सबै विद्यालयहरु दशै तिहारसम्म जोरविजोर प्रणालिबाट सञ्चालन गर्ने जनाएको छ। कोरोना संक्रमणको त्रासलाई मध्य नजर गर्दै जोरविजोर प्रणालिबाट विद्यालय संचालन गर्ने निर्णय गरिएको हो।

एकदिन बिजोर अंकका कक्षाहरु संचालन हुनेछ भने अर्को दिन जोर अंकका कक्षाहरु संचालन गरिने छ। यसरी विद्यालय संचालन गर्दा विद्यार्थीहरुको भिडभाड कम गर्दै पठनपाठन संचालन गर्न सकिने छ। गाउँपालिकाका अनुसार यसो गर्दा कोरोना महामारी रोकथाम गर्न मद्धत पुग्ने छ।

आइतवार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गर्दै गरेको गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताए। त्यसैगरि उक्त बैठकले सर्शत अनुदानतर्फ विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि वडा नं. १ को देविभक्त आधारभूत विद्यालय थुम्पाकीलाई शौचालय, वडा नं. ४ को सुर्योदय माध्यामिक विद्यालय, वडा नं. ५ को वालवोध आधारभूत विद्यालय र वडा नं. ८ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयलाई ४ कोठे भवन निर्माणका लागि छनौट गरेको छ।

दिनेश सुवेदीले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्