काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन प्रस्तावमाथि संशोधन दर्ता गर्ने अन्तिम दिन विहिवारसम्म व्यवस्थापिका संसदमा  ३७ संशोधन दर्ता भएका छन् ।संशोधन विधेयक माथि सत्तारुढ सहित विभिन्न दलका सांसदहरुले  संशोधन दर्ता गराएका छन् ।

गत सोमबार बसेको व्यवस्थापिका संसदको बैठकले विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेसँगै उक्त विधेयक माथि संशोधन गर्न चाहने सांसदहरुलाई ७२ घण्टे समयअवधि तोकेको थियो ।

बिहीबार पौने पाँच बजेसम्मका लागि तोकिएको उक्त समयसीमा भित्र सांसदहरुले विधेयकम संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्रसँगै नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, संघीय समाजवादी पार्टीलगयतका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

पूर्व शिक्षामन्त्रीहरु धनिराम पौडेल, गंगालाल तुलाधरसँगै संसदहरु गगनकुमार थापा, उषा गुरुङ, कमलप्रसाद पंगेनी, जीवन परियार र राजु थापा, गुरुप्रसाद बुर्लाकोटी, रिता रावल, चुडामणि विक ‘जंगली’ र केदार प्रसाद सञ्जेल, रामेश्वर फुँयाल, विकास लम्साल, गौरीकुमारी ओली, अफिलाल ओखेडा र गणेशकुमार पहाडीले संशोधन दर्ता गराएका छन् ।

त्यस्तै, रामनारायण विडारी, प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, अनुराधा थापामगर डिलबहादुर नेपाली, चन्द्र बहादुर कुँवर, विन्दादेवी आले मगर, नगेन्द्रकुमारी कुमाल, शारदा पौडेल, मुक्ताकुमारी यादव, सुजाता परियार, पद्म नारायण चौधरी, सूवर्ण ज्वारजन, पदम नारायण चौधरीको टोली, मुक्ताकुमारी यादव, अर्जुनप्रसाद जोशी, अमृत अर्याल, दलजीत बिके नेपालीलगायतले पनि संशोधन दर्ता गराएका छन् ।

संसोधन दर्ता गराउने अन्य सांसदहरुमा  तेजकुमारी पौडेल, चन्द्रबहादुर गुरुङ, कमला पन्त, प्रभादेवी ब्रजाचार्य, टिकाराम चेम्जोङ, कमलाकुमारी घिमिरे, जयन्ती देवी राई, राजाराम स्याङतान, गौरीकुमारी ओली, सुशीला नेपाल, रिता रावल, गणेश गुरुङ, पेम्बा लामा, आनन्दी पन्त, शकुन्तला राजभण्डारी, रामहरि खतिवडा, दलजीत विके श्रीपाली, राधिका तामाङलगायत छन् ।

अब संसदमा दर्ता भएका संशोधन प्रस्तावहरुमा अव संसदमा दफावार छलफल हुनेछ । संसदमा सहमती नजुटेमा सभामुखले उक्त संशोधनलाई संसदीय समितिमा पठाउन सक्ने प्रावधान छ ।

२०७४ भदौ १५ गते १२:५९मा प्रकाशित

प्रतिकृया दिनुहोस्