काठमाडौं । निजी विद्यालयहरुमा असार ३१ गतेदेखि स्थगित वैकल्पिक शिक्षाका कार्यक्रम पुनः सुचारु हुने भएको छ ।

बुधवार शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सन र अभिभावक महासँग बीच भएको वार्ताामति भएसँगै निजी विद्यालयहरु स्थगित वैकल्पिक शिक्षाका कार्यक्रम सुचारु गर्न राजी भएका हुन् ।

प्याब्सन, एन प्याब्सन र इस्टुले बुधवार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विद्यालयहरुलाई विहिवार देखि वैकल्पिक शिक्षाका कार्यक्रम सुचारु गर्न अनुरोध गरेका हुन् ।

इष्टुका अध्यक्ष होमकुमार थापा, नेपाल अभिभावक महासंघका अध्यक्षसुप्रभात भण्डारी, राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा, नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, प्याब्सनका अध्यक्ष टिकाराम पुरीले संयुक्त रुपमा विज्ञप्ति जारी गरिएको हो ।

साझा सरोकारका विषय र समस्याहरू समाधानार्थ आवश्यक कार्यविधि तयार पार्न एक कार्यदलको गठन समेत गरिएको तथा नेपाल सरकार, मन्त्री परिषदको श्रावण ५ गते, २०७७ मा सम्पन्न बैठकले २०७६ चैत्र ११ गतेबाट जारी लकडाउन समेत खोल्ने निर्णय गरि अधिकांश क्षेत्र स्वास्थ्य सावधानीका साथ आरम्भ गर्ने भनि निर्णय भएको तर शिक्षण संस्थाहरूको विद्यार्थी भर्ना लगायतका कार्यहरु भदौ १ पछि मात्र गर्ने भनि आएको निर्णयलाई पुनर्विचारका लागि संयुक्त रुपमा अनुरोध गरि सकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिामा भनिएको छ– ‘२०७७ श्रावण ८ गतेदेखि बैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरू पुनः सञ्चालन गर्न गराउन सम्पूर्ण विद्यालयहरूलाई जानकारी गराइन्छ ।’

प्याब्सन, नेसनल प्याब्सन, अभिभावक महासंघ तथा इष्टुद्वारा जारी संयुक्त प्रेस विज्ञप्ती
कोभिड–१९का कारणले निजी लगानीका विद्यालयहरूमा पर्न गएका विविध प्रकारका समस्याहरूको समाधानार्थ प्याब्सन तथा नेसनल प्याब्सनले नेपाल सरकारका विभिन्न निकायहरू लगायत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग पटक–पटक पहल गरेको सर्वविदितै छ ।

२०७७ असार १९ गते भित्रमा समस्याहरूको सम्बोधन गरिदिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २०७७ असार १४ गते, अनुरोध सहित ध्यानाकर्षण पत्र बुझाए पश्चात् माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्य समेतको उपस्थितिमा सरोकारवालाहरू सहितको छलफलमा समस्या समाधानार्थ उचित पहल गर्ने प्रतिवद्धता मन्त्रालयको तर्फबाट गरिएको थियो ।

यद्यपि असार अन्त्यसम्म प्रतिक्षारत रहेको अवस्थामा समेत समस्या समाधान हुने विश्वासिलो वातावरण प्राप्त नभएकाले २०७७ असार ३१ गते बाध्य भएर संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयले सञ्चालन गरिरहेका बैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरू (भर्चुअल, अनलाइन अफलाइन, दूर शिक्षा आदि) स्थगन गर्ने निर्णय गरिएको थियो ।

यसै बीच नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अभिभावक महासंघ, इष्टु लगायत सरोकारवालासँग हालका समस्या समाधानको उपायका विषयमा सघन संवाद भएको छ ।

यसै गरी साझा सरोकारका विषय र समस्याहरू समाधानार्थ आवश्यक कार्यविधि तयार पार्न एक कार्यदलको गठन समेत गरिएको तथा नेपाल सरकार, मन्त्री परिषदको श्रावण ५ गते, २०७७ मा सम्पन्न बैठकले २०७६ चैत्र ११ गतेबाट जारी लकडाउन समेत खोल्ने निर्णय गरि अधिकांश क्षेत्र स्वास्थ्य सावधानीका साथ आरम्भ गर्ने भनि निर्णय भएको तर शिक्षण संस्थाहरूको विद्यार्थी भर्ना लगायतका कार्यहरु भदौ १ पछि मात्र गर्ने भनि आएको निर्णयलाई पुनर्विचारका लागि संयुक्त रुपमा अनुरोध गरि सकिएकाले २०७७ श्रावण ८ गतेदेखि बैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरू पुनः सञ्चालन गर्न गराउन सम्पूर्ण विद्यालयहरूलाई जानकारी गराइन्छ ।

साथै तत्काल अभिलेखिकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायत क्रियाकलाप थाल्न तत्काल पहल गर्न मन्त्रालयसँग अनुरोध गरिएको छ । अन्त्यमा, स्थगित क्रियाकलापहरू पुनः सञ्चालन गर्ने वातावरण तयार पार्न भूमिका खेल्नुहुने सबै सरोकारवाला तथा शुभचिन्तकहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।

होमकुमार थापा, अध्यक्ष -इष्टु
सुप्रभात भण्डारी, अध्यक्ष- नेपाल अभिभावक महासंघ
धर्मदत्त देवकोटा,अध्यक्ष -राष्ट्रिय अभिभावक महासंघ
ऋतुराज सापकोटा,अध्यक्ष -नेसनल प्याब्सन
टिकाराम परी,अध्यक्ष- प्याब्सन

प्रतिकृया दिनुहोस्