काठमाडौं । शिक्षा पत्रकार समूहको केन्द्रीय कार्यसमितिले सचिवमा रोशन क्षेत्री गाउँलेलाई चयन गरेको छ ।

गत फागुन ५ गते सम्पन्न समूहको २० औं साधारणसभाले संस्थाको नयाँ नेतृत्व निर्वाचित गरेको थियो । सो साधारणसभाबाट निर्वाचित सचिव श्याम तण्डुकार संस्थाबाट अलग्गिएपछि पद रिक्त हुन गएको थियो । समूहको कार्यसमितिको सोमबार बसेको बैठकले विधानबमोजिम रिक्त पदमा कार्यसमितिकै सदस्य क्षेत्रीलाई सचिवमा सर्वसम्मत चयन गरेको जनाएको छ ।

एजुकेसन पाटी डटकममा सम्पादक रहेका क्षेत्रीले आजको शिक्षा साप्ताहिक, शिक्षक मासिक, एजुकेशनल पेजेजलगायत शिक्षा विशेष पत्रिकामा काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्