भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको  जिल्लान्तर सरुवामा रोक लगाएको छ ।

केन्द्रले यही बिहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई  पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो  ।केन्द्रले लेखेको पत्रमा २०७६ मंसिर ३० केन्द्रको वेवसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार पुल दरबन्दी नभएको तहको रिक्त दरवन्दीमा जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो ।

कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो ।

केन्द्रले पुल दरबन्दी रहेका सवै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै पुल दरबन्दी रहेको स्थानीय तहहरुको पुल दरबन्दी रहेका जिल्लामा जिल्लान्तर सरुवामा रोक लगाएको हो । केन्द्रले त्यस्ता पुल दरबन्दीका तीनै तहका शिक्षकलाई हाललाई अन्तर जिल्ला सरुवामा रोक लगाएको हो ।

रोक लगाइएका स्थानीय तहहरु

२०७६ माघ २१ गते ०७:२१मा प्रकाशित

प्रतिकृया दिनुहोस्