काठमाडौँ । चाबहिल सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले कक्षा ११ मा नयाँ विद्यार्थीको स्वागत एवं कक्षा १२ उत्तीर्ण विद्यार्थीको बिदाइ गरेको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रम आयोजना गरेर रिलायन्सले नयाँ विद्यार्थीको स्वागत एवं पुराना विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरु रिलायन्समा पढ्न पाउँदा उत्साहित र खुसी देखिन्थे भने विद्यालयबाट कक्षा १२ सकेका विद्यार्थीहरु भने स्कूल छाड्नु पर्दा निरास र दुखी देखिन्थे । रिलायन्सबाट कक्षा १२ सकेर बिदाइ हुँदै गर्दा प्रायः विद्यार्थीका आँखामा आँसु छल्किएको थियो ।

कक्षा १२ सकेर भर्खरै बिदाइ भएकी छात्रा विश्वकला नेपालले रिलायन्समा आफूले घरको जस्तै वातावरण र शिक्षक एवं साथीभाइबाट परिबारका सदस्यको जस्तै व्यवहार पाएको अनुभव व्यक्त गरिन् । उनले रिलायन्सले आफ्ना लागि जीवन भरका लागि हुने ठुला ज्ञान र अवसरहरू सिर्जना गरेको समेत बताइन् ।

त्यस्तै कक्षा १२ सकेर बिदाइ भएकी अर्की छात्रा मार्था गुरुङले रिलायन्स छाडेर जानु पर्दा आफूलाई घर र प्यारा सदस्य छाडेको भावुक अनुभव भएको बताइन् । उनले रिलायन्समा जस्तो वातावरण अन्त कतै नपाउने ठोकुवा नै गरिन् । रिलायन्समा किताबमात्रै नसिकाइने, संस्कार र भविष्यको सुनौलो अवसरहरुबारे जीवउपयोगी सिपहरु सिकाइने उनको भनाइ थियो ।

त्यस्तै भर्खरै कक्षा ११ मा भर्ना भएकी छात्रा संगम कार्कीले रिलायन्सको वातावरण, सुविधा र सिकाइ आफूले पहिले सुने भन्दा धेरै उत्कृष्ट पाएको बताइन् । यस स्कूलमा पढ्न पाउँदा आफूलाई गर्व लागेको उनको भनाइ थियो । उनले रिलायन्सले गरेको भव्य स्वागत एवं बिदाइ कार्यक्रमका लागि समेत स्कूलाई धन्यवाद दिइन् ।

कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाले अहिले २१ औं ब्याचका रुपमा स्कूलमा ७० भन्दा बढी जिल्लाबाट विद्यार्थीहरु कक्षा ११ मा भर्ना भएको जानकारी गराए । नयाँ विद्यार्थीहरुको स्वागत तथा कक्षा १२ पास गर्ने विद्यार्थीलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिँदै थापाले अहिले देश विदेशका हरेक क्षेत्रमा रिलायन्सका ग्राजुएटहरुले काम गरिरहेको स्मरण गरे ।

स्कूलको मुख्य लक्ष्य प्रमाणपत्र दिने भन्दा सिर्जनात्मक र अन्वेषणात्मक सिकाइ भएको भन्दै थापाले शिक्षा सँगै सिप र संस्कार पनि दिइरहेको र भोलिको दिनमा पनि त्यो जारी रहने प्रतिबद्धता व्यक्त गरे । यसबीच उनले १५४८ स्कुललाई पछि पार्दै २ दिन अघि मात्रै प्रदेशकै प्रथम भएर पुरस्कृत भएको स्मरण गरे ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शिक्षा नै सफलता र राम्रो जीवन जिउने सूत्र भएको बताए। दिनानुदिन बिदेसिने नेपाली विद्यार्थीहरूको सङ्ख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सकेसम्म देशमै अवसर खोज्न विद्यार्थीहरूलाई आग्रह गरे । सबैको सामूहिक प्रयासले देश निर्माण हुनसक्ने उल्लेख गरेका उनले विद्यार्थीलाई आगामी दिन सफल बनाउन केही उपायहरू समेत सुझाए।

कार्यक्रममा विशेष अतिथि एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले रिलायन्स आफूलाई गुणस्तरीय शिक्षाको पर्यायको रूपमा स्थापित गर्न सफल भएको भन्दै बधाई दिए। संस्थाले पढाई सँगै खेलकुदलाई पनि उत्तिकै महत्त्व दिएको आफूले पाएको भन्दै उनले दिपा शाही जस्तो राष्ट्रिय खेलाडी उत्पादन गर्ने रिलायन्सले खेल क्षेत्रको विकासमा पनि ठूलो योगदान दिएको उल्लेख गरे।


रिलायन्समा अध्ययन गर्दै गर्दाको आफ्नो अनुभव बाँड्दै कक्षा १२ की छात्रा विश्वकला नेपालले कलेजले आफ्ना लागी जीवन भरका लागि हुने ठुला ज्ञान र अवसरहरू सिर्जना गरेको बताइन् । एउटा कलेजमा हुनुपर्ने सबै पक्ष उतिकै अब्बल रहेको रिलायन्समा पाइने विशेषता अन्त पाउन कठिन हुने उल्लेख गरेकी उनले रिलायन्स काठमाडौँकै उत्कृष्ट कलेज भएको बताइन् । उनले कक्षा ११ का विद्यार्थीलाई अर्थपूर्ण सिकाई यात्राको लागि शुभकामना र कक्षा १२ उत्तीर्ण गरेकालाई बधाई सहित सुन्दर भविष्य निर्माणको शुभकामना दिइन्।

‘संस्कृति सहितको शिक्षा’ भन्ने नारा बोकेको रिलायन्सले आफ्ना हरेक कार्यक्रममा नेपाली संस्कृतिको जगेर्ना गर्ने अधिकतम प्रयास गर्दै आएको छ। त्यसै अनुरूप २ मिनेटको ध्यान बाट सुरु भएको कार्यक्रममा शिव ताण्डव लगायत नेपाली कला संस्कृति झल्कने प्रस्तुतिहरूलाई विशेष महत्त्व दिइएको थियो।

प्रतिकृया दिनुहोस्