काठमाडौं । प्रेमबहादुर बस्नेतको अध्यक्षतामा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको ५ नम्बर प्रदेश समिति गठन भएको छ । नवीन औद्योगिक कदरबहादुर रिता मावि देविनगर बुटवलका प्रअ समेत रहेका बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद जैसी(दाङ), उपाध्यक्षमा विष्णु गौतम घिमिरे(रुपन्देही) र महासचिवमा सुदिप पौडेल (बर्दिया) रहेका छन् । यस्तै, सचिवहरुमा मधुसुदन पोखरेल(रोल्पा) र हुमनाथ आचार्य(नवलपरासी) तथा कोषाध्यक्षमा आशा थापा बस्नेत (रुपन्देही) रहेकी छन् ।

कार्यसमिति सदस्यहरुमा बुद्धिप्रसाद शर्मा(गुल्मी), बालकृष्ण लम्साल(पाल्पा), ऋषिराम सापकोटा(बाँके), मौलाना महासुद खाँ नेपाली(कपिलवस्तु), हरिबहादुर वली(रुपन्देही), शरद भुसाल (प्युठान), भेषराज खनाल(अर्घाखाँची) र नन्दराम लामिछाने(रुकुम) रहेका छन् ।

समितिमा विद्यालयका प्रअ, विव्यस अध्यक्षएवं सदस्य, शिक्षक, शिक्षाविद्, खेल प्रशिक्षक, अभिभावकलगायतका शैक्षिक सरोकारवालाहरु आबद्ध रहेका छन् ।

नवगठित समिति ५ नम्बर प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा क्रियाशील रहेको अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । विशुद्ध गैर राजनीतिक समाज मात्र सामुदायिक विद्यालयको सिकाइ सुधारमा मात्रै केन्द्रित रहने बस्नेतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्