पोखरा । निजी विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीको हकहितमा विगत लामो समयदेखि काम गर्दै आएको निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन (प्याब्सियु) नेपालअन्तर्गत पोखरा महानगर समितिको आयोजनामा बुधबार महानगर प्रमुखसँगको वार्ता सम्पन्न भएको छ। वार्तामा महानगर सकारात्मक देखिएको बताइएको छ।

आन्दोलन तथा सङ्घर्षका क्रममा सोमबार शान्तिपूर्ण ¥याली निकालेको प्याब्सियुले मङ्गलबार निजी विद्यालय सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन, एनप्याब्सन र युनिप्सको कार्यालयमा तालाबन्दी गर्दै पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुखसँग वार्ता बसेको थियो। यसका साथै चरणबद्ध अन्दोलनमा उत्रिएको प्याब्सियुले शिक्षा महाशाखा प्रमुख सकारात्मक देखिए पनि त्यहाँबाट उपयुक्त निकास ननिस्केपछि बुधबार महानगरका प्रमुखसँग वार्तामा बसको कुरा प्याब्सियु गण्डकी सचिव मिलन तिमिल्सिनाले जानकारी दिएका छन्।

वार्ताका क्रममा प्याब्सियुले हरेक विद्यालयलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जान लगाउने, शिक्षक कर्मचारीलाई नियुत्तिपत्र अनिवार्य दिनुपर्ने,  विद्यालय सम्बन्धन लिने बेलाको सर्त पूरा गर्ने र हालसम्मको तलब तथा पारिश्रमिक पाउनुपर्ने कुरा अÇना मागका रूपमा विशेष उठाउँदै आएको छ।

प्याब्सियुले राखेका मागप्रति गम्भीर हुँदै महानगर प्रमुखसमक्ष सामाजिक सुरक्षामा सुचिकृत गराउने विषयमा तत्काल परिपत्र गर्ने, नियुक्तिपत्र नपाएको उजुरी भएमा ताकेता र कानुनी कारबाही गर्ने, सम्बन्धन लिँदाको विषयलाई पालना गरे नगरेको अनुगमन गरी सम्बन्धित विद्यालयका शिक्षक कर्मचारीसँग पनि संवाद गर्ने र हालसम्मको तलब तथा पारिश्रमिकका लागि केही दिनमा विद्यालय खोलेर अभिभावकसँग शुल्क लिने वातावरण बनाउने र त्यसपछि पनि तलब तथा पारिश्रमिक नपाएमा महानगर शिक्षक कर्मचारीकै  आन्दोलनमा साथ दिने कुरामा सम्झौता भएको विषय निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्यायले बताएका छन्। वार्ताका क्रममा सम्झौता भएका सम्पूर्ण विषयहरूमा सम्बन्धित निकाय प्याब्सन, एनप्याब्सन, युनिप्स तथा सरोकारवाला संस्थाका प्रतिनिधिसँग बसेर हस्ताक्षर गर्ने निर्णय भएको बताइएको छ।

हजारौँको सङ्ख्यामा बिहान एघार बजे पोखरा महानगरको कार्यालयमा पुगेका शिक्षक कर्मचारीहरू वार्ता अवधिभरि कार्यालयको परिसरमा रहेका थिए। महानगर सम्पूर्ण मागहरूप्रति गम्भीर तथा अत्यन्त सकारात्मक भएकाले तीन दिनका लागि आन्दोलन तथा सङ्घर्षका कार्यक्रमहरू स्थगित गरिएको र त्यसपछि आवश्यक परे आन्दोलनलाई थप सशक्त बनाउने कुरा वार्तापछि निस्किएका प्याब्सियु उपाध्यक्ष उपाध्यायले पत्रकारहरूसँग बताएका छन्।

प्याब्सियुको कार्यक्रममाथि प्रस्ट पार्दै पोखरा महानगर समितिका अध्यक्ष विजयराज अधिकारीले तलबसुविधा यथाशीघ्र उपलब्ध गराउने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्नुपर्ने, बौद्धिकताको सम्मान गर्नुपर्ने, विद्यालयले नियुक्तिपत्र अनिवार्य दिनुपर्ने, सरकारी तलबमान कायम गर्नुपर्ने, पेशाको ग्यारेन्टी गर्दै विद्यालयले सम्बन्धन लिने बेलाका बुँदाहरू कार्यान्वयन गर्नुपर्ने आदि जस्ता प्याब्सियुको माग रहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्