काठमाडौं । संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको शिक्षा मन्त्रालयस्रोतले जानकारी दियो ।

सम्भवतः आज मंगलबारकै मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्नेछ । र त्यसपछि आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ । यसअघि तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद्मा पेश गरेका थिए । मन्त्रिपरिषद् बैठकले विधेयक समितिमा पेश गरेर थप छलफल गर्ने निर्णय गरेको थियो । त्यो बेलादेखि मस्यौदा अघि बढ्न सकेको थिएन ।

पौडेलपछिका दुई शिक्षामन्त्रीले मस्यौदामा आवश्यक संशोधन गरेका थिए । तत्कालिन शिक्षामन्त्री शिसिर खनालले आवश्यक परिमार्जन गरेर मात्र अघि बढाउने बताएका थिए । त्यसपछिका शिक्षामन्त्री अशोककुमार राईले मस्यौदालाई अध्ययन गरेर त्यसमा परिमार्जन गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत साउन १६ गते बस्ने संसद बैठकमा मस्यौदा पेश हुने बताएका थिए । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्