वीरेन्द्रनगर  । कर्णाली प्रदेशका विद्यार्थीमध्ये झन्डै ६ प्रतिशत विद्यार्थी मात्रै सहज अध्ययनको पहुँचमा रहेको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका कारण प्रदेशका करिब ३ लाख विद्यार्थीमध्ये ९४ प्रतिशत विद्यार्थीले सहज रूपमा अध्ययन गर्न नपाएको अध्ययनले देखाएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले कोरोनाका कारण कर्णालीका ९ प्रतिशत (२७ हजार) बालबालिका पढाइबाट पूर्णरूपमा वञ्चित भएको दाबी गरेको छ ।

यी विद्यार्थीले अनलाइन, रेडियो र टेलिभिजनलगायत वैकल्पिक माध्यमबाट समेत शिक्षा लिन नपाएको अध्ययनमा उल्लेख छ ।

अध्ययनका अनुसार कालीकोट, मुगु, हुम्ला र डोल्पाका धेरै विद्यार्थी कोरोना महामारीका कारण पढाइबाट पूर्णरूपमा वञ्चित भएका छन् । प्रदेशका ५७ प्रतिशत विद्यार्थी अनलाइन शिक्षाको पहुँचमा नरहेको अध्ययनले जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्