काठमाडौं । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले सरकारको निर्देशन विपरित प्रवेश परीक्षा र नयाँ भर्ना प्रक्रिया सञ्चालन नगर्न निजी विद्यालयहरुसँग आग्रह गरेको छ ।

राजधानीलगायत मुलकको अन्य क्षेत्रमा केहि निजी विद्यालयहरुले आगामी शैक्षिक सत्रका निम्ति भर्ना कार्यकम सुचारु राखेको गुनासो जानकारीमा आएको हुनाले यस्ता कार्य तत्कालबन्द गर्न प्याब्सनले निर्देशन दिएको हो ।

साथै, प्याब्सनले भर्ना कार्यक्रम रोकी कोरोना भाइरस विरुद्धको अभियानमा सहभागी हुन निजी विद्यालयहरुसँग अपिल गरेको छ ।

शुक्रवार प्याब्सनका अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाईरस विश्व भरी नै महामारीको रुपमा फैलिएको विषम् संकटपूर्ण घडिमा हामी सबै देशवासी एकढिक्का भएर महामारी संग जुध्न  सरकारले गरेको निर्णयहरुलाई साथदिनु पर्ने जनाएका हुन् ।

चैत ५ गतेसरकारले यस वर्षको एसईई परीक्षालगायत बाल विकास केन्द्र देखि विश्वविद्यालयस्तरसम्मको परीक्षाहरु स्थगन गर्ने र शैक्षिक संस्थाहरुमा नयाँ भर्नालगायतका सबै प्रकारको गतिविधि हाललाई बन्द गर्ने निर्णयलाई विचार पुर्याउन निजी विद्यालयहरुसँग प्याब्सनले आग्रह गरेको छ ।

‘राजधानीलगायत मुलकको अन्य क्षेत्रमा केहि निजी विद्यालयहरुले आगामी शैक्षिक सत्रका निम्ति भर्ना कार्यकम सुचारु राखेको गुनासो जानकारीमा आएको हुनाले यस्ता कार्य तत्कालबन्द गरी कोरोना भाइरस विरुद्धको अभियानमा सहभागीहुन प्याव्सन केन्द्रिय कार्यसमिति पुन हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

२०७६ चैत्र ७ गते २१:४७मा प्रकाशित

प्रतिकृया दिनुहोस्