बाठमाडौं। नेपाल शिक्षक संघको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । अध्यक्ष पदमा गोकर्णबहादुर बानिया र सोमनाथ गिरी प्यानलसहित प्रतिस्पर्धामा छन्। बानिया नेपाली कांग्रेसको संस्थापननिकट र गिरी इतरनिकट उम्मेदवार मानिन्छन् ।

निर्वाचन समितिका अनुसार  १० बजेदेखि मतदान शुरु हुने भएको हो । कूल ६२१ मतदाताले अहिले सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा मतदान गरिरहेका छन् । मतदानका लागि ४ बुथ बनाइएको छ। ८ बजेदेखि १ बजेसम्म मतदान गर्ने कार्ययोजना रहेपनि २ घण्टा ढिलोगरी मतदान शुरु हुने भएको हो ।

मतदान सकिएलगत्तै मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्