काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।

संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत शिक्षा ऐन आउन नसक्दा स्थानीय तह र प्रदेश सरकारले संघ सरकारको आलोचना गरिरहेका छन् । सरकारले विभिन्न स्वार्थ समूहहरुले आफू अनुकुलको व्यवस्था गर्न बढाएको दबाबकाबीच विधेयक संसदमा पठाउने निर्णय गरेको हो ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको २०८०, मन्त्रिपरिषद्ले गत साउन १६ गते स्वीकृत गरेको थियो ।मन्त्रिपरिषदबाट पारित भएको शिक्षा विधेयक तयारी नपुगेको भन्दै सरकारले संसदमा पेस गरेको थिएन ।

प्रतिकृया दिनुहोस्