काठमाडौं।  शिक्षक सेवा आयोगले केही समय अगाडि निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेकोछ ।परीक्षामा २० हजार ९ सय ८२ जना उत्तीर्ण भएका आयोगले जनाएको छ। प्रदेश १ बाट १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना उत्तीर्ण भएका छन्।

त्यसैगरी मधेस प्रदेशबाट सहभागी पाँच हजार ८ सय ५३ जनामध्येबाट १ हजार ११ जना उत्तीर्ण भएका छन्। बागमती प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ५ सय २६ मध्येबाट ३ हजार ५ सय ७७ जना उत्तीर्ण भएका आयोगले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशबाट १४ हजार दुई सय ६ सहभागीमध्ये ४ हजार ३ सय ४१ जना उत्तीर्ण भएका छन् भने कर्णालीमा ४ हजार ७ सय ८८ ले परीक्षा दिएकोमा १ हजार ६९ जना उत्तीर्ण भएका छन्। लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागी ११ हजार ८ सय ४४ मध्येबाट ३ हजार ३ सय ६१ जना उत्तीर्ण भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागी ६ हजार ६ सय ६९ मध्येबाट दुई हजार ४ सय ४१ जना उत्तीर्ण भएका आयोगले जनाएको छ।

लिखितमा उत्तीर्ण भएकाहरूको विषयगत परीक्षा असार ११ गते हुने आयोगले जनाएको छ। आयोगले २०७८ चैत १७ गते परीक्षा लिएका थियो।परीक्षाको नतिजामा चित्त नबुझेमा पुनर्योगको लागि आगामी जेठ २ गतेभित्र शिक्षक सेवा आयोग सानोठिमी वा परीक्षा दिएकै प्रदेश राजधानी रहेको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

हेर्नुहोस् नतिजा

प्रदेश १ को नतिजा

मधेश प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा

सुदूरपश्चिम प्रदेशको नतिजा

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्